नेपाल र भारत सरकारविच विभिन्न सम्झौता भएका छन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा विभिन्न सम्झौताहरु पनि गरिएका हुन ।
दुई देशका सम्बन्धित मन्त्री तथा अधिकारीविच विद्युत, अनलाइन पेयमेन्ट, पेट्रोलियम पाईपलाईन तथा कार्गो रेल लगायतका विषयमा सम्झौता भएका हो । हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर तथा केही परियोजनाको उद्घाटनसमेत गरिएको छ । जसमा सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास, नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन, बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन, अमलेखगञ्जदेखि चितवनको लोथल सम्म पेट्रोलियम पाईपलाईनको शिलान्यास र गोरखपुर–न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास रहेका छन ।
त्यस्तै सिलीगुड़ी झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी, तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट र क्रस बोर्डर पेमेन्ट समझदारी रहेका छन ।
