महासंघ रुकुम पश्चिम उत्कृष्ट शाखा

Byआहा सञ्चार

२०७९ चैत्र २२, बुधबार ०८:३१ गते

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभामा रुकुम पश्चिम उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । कर्णाली प्रदेशका दश जिल्ला मध्य रुकुम पश्चिम शाखा कार्य सम्पादन मुल्यांकनका आधारमा उत्कृष्ट छनौट गरि सम्मानित भएको हो ।

कालिकोटको नरहरि नाथ गाउँपालिका स्थित सुनथराली विमानस्थलमा सम्पन्न प्रदेश समितिको साधारण सभामा रुकुम पश्चिम शाखाका अध्यक्ष लक्ष्मण केसीले सम्मान पत्र ग्रहण गरे । प्रतिनिधिसभा सदस्य तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सम्मान पत्र ग्रहण गरेका हुन् ।

सम्मानले रुकुम पश्चिम शाखाको गरिमा बढेको र आगामी दिनमा समेत उत्कृष्ट कार्य सम्पादन गर्न थप हौसला मिलेको अध्यक्ष केसीले बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto