नेपाल वायुसेवा निगमले अनलाइन मार्फत टिकट काट्न सकिने व्यवस्था गरेपछि दुर्गम क्षेत्रका यात्रुहरुलाई निकै सहजता भएको छ । बिशेषगरी कर्णाली प्रदेशका विभिन्न विमानस्थल मार्फत यात्रा गर्ने नागरिकले राहतको महसुस गरेका छन । यसअघि निगमको जहाज टिकट पहुँचवालाले चिनजानका भरमा वितरण गर्नेदेखि महंगो शुल्क तिरेर विचौलियाबाट टिकट लिनुपर्ने बाध्यता भएको यात्रुहरुले गुणासो गर्ने गरेका थिए । यात्रुहरुको सहजतालाई मध्यनगर गर्दै नेपाल वायुसेवा निगमले फागुन पहिलो सातादेखि आफ्ना आन्तरिक तथा बाह्य हवाई सेवाको टिकट पनि अनलाइन मार्फत लिन सकिने व्यवस्था गरेपछि यात्रुहरुले सहजता महसुस गरेको स्थानीय लिलाप्रसाद ढकालले बताए ।

उनका अनुसार अनलाइन वालेटको प्रयोग गरेर घरमै बसेर पनि हाल आफुलाई आवश्यक परेको टिकट खरिद गर्न सकिन्छ । यसअघि यात्रुहरुलाई लामोलाइन लगाएर टिकट वितरण गर्दै आएको नेपाल वायुसेवा निगम सल्ले विमानस्थल स्टेशनले पनि हाल अनलाईन मार्फत नै टिकट वितरण गर्दै आएको छ । यसअघि टिकटका लागि विभिन्न भनसुन वा दवाव सहनुपरेपनि हाल अनलाइन मार्फत नै टिकट वितरण हुने भएका कारण कर्मचारीहरुलाई पनि सहजता भएको छ । सरकारी, जेष्ठ नागरिक र विरामीहरुको कोटामा केहि सहजीकरण गर्ने गरिएको भएपनि अन्य सिटहरु अनलाईनबाट यात्रुहरुले नै आवश्यकता अनुसार टिकट लिन सक्ने सल्ले स्टेशन प्रमुख गोविन्द गिरी वताउछन ।

रुकुम सल्ले विमानस्थल बाट निगमले काठमाण्डौ र नेपालगञ्जका लागि उडान भर्दे आएको छ । रुकुम पश्चिममा रहेका दुई वटा विमानस्थल मध्य सल्ले विमानस्थल हाल संचालनमा रहेपनि अर्को चौरजहारी विमानस्थल हुने हाल संचालनमा छैन । सल्यान, जाजरकोट र रुकुमको पश्चिमी क्षेत्रको लागि पायक पर्ने चौरजहारी विमानस्थल पनि सञ्चालनमा ल्याउनुपर्ने स्थानीयहको माग रहेको छ । रुकुम पश्चिम सल्ले विमानस्थलमा पनि यसअघि हप्तामा चार फलाईट हुदै आएको भएपनि हाल दुई फलाईट मात्र उडान हुदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto