एभरेष्ट बैक लिमिटेड रुकम शाखाले आफ्नो २८ औं वार्षिक उत्सबको उपलक्ष्यमा ह्वील चेयर प्रदान गरेको छ । आईतबार सामाजिक उत्तरदायित्व अन्तरर्गत सल्ले एयरर्पाेटलाई १ थान ह्वील चेयर प्रदान गरेको हो । यस बैंकले बिगतका वर्षहरु देखी नै विभिन्न क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्तरर्गत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
एभरेष्ट बैक लिमिटेड रुकम शाखाका प्रबन्धक सरोज आत्रेयले रुकुम सल्ले नागरिक उडड्यन कार्यालयका विमानस्थल प्रमुख दिपक कुमार केसीलाई ह्वील चेयर हस्तान्तरण गरे । उनका अनुसार सल्ले एयरर्पोटमा बृद्घ–बृद्घा, बिरामी र अशक्त यात्रुहरुलाई हवाईजहाज सम्म पुग्न र हवाईजहाज बाट फर्किने समस्या भइरहेको कुरालाई मध्यनजर गर्दै सहजताका लागि ह्वील चेयर प्रदान गरेको हो ।
दिगो दरिलो र विस्वासिलो भन्ने नाराका साथ काम गर्दै आएको बैंकको देशभरी १ सय २४ वटा शाखा र १ सय ६० ओटा ए.टि.एम. काउन्टर बाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहको छ । साथै आगामी दिनहरुमा पनि यस्तै सामाजिक र्कायमा आफनो सहभागिता जनाउने प्रतिबद्घता समेत ब्यक्त गरेको छ ।