रुकुम पश्चिममा नेपाल टेलिकमको निशुल्क सिमकार्ड वितरण गरिएको छ । जिल्लाको आठविसकोट नगरपालिकाको राडि बजारमा निःशुल्क सिमकार्ड वितरण गरिएको हो । नगरपालिकाको वडा नम्बर ९ राडीबजारमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतले निःशुल्क रुपमा ७ सय वटा सिमकार्ड वितरण गरेको हो ।
उपभोक्ताहरुलाई सञ्चारको पहुँचमा जोडदै सर्भसुलभ सेवा सुविधा दिने उद्देश्यले गाउँमै पुगेर निःशुल्क सिमकार्ड वितरण गरिएको नेपाल टेलिकम कार्यालय रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार जिल्लाको पछि दुर्गम क्षेत्र मानिने आठविसकोटका नागरिकलाई उक्त सेवा दिईएको हो । निःशुल्क सिमकार्ड पाएपछि त्यहाँ क्षेत्रका स्थानीयहरु खुसी भएका छन ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto