राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीको आज बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति रवि लामिछानेले जानकरी दिए ।
पत्रकार सम्मेलनको आयोजना गरी उनले सरकारबाट बाहिरिने निर्णय संगै आजै पार्टीको तर्फबाट सहभागी सबै मन्त्रीहरुले राजीनामा दिने बताए । उनका अनुसार पार्टी सरकारबाट बाहिरिने निर्णय गरेपनि सरकारलाई दिएको समर्थन भने कायम नै रहने छ ।
नागरिकता प्रकरणले सभापति रवि लामिछाने पदमुक्त भएर गृहमन्त्री तथा सांसदबाट पदमुक्त भएपछि उनले पुनः नेपाली नागरिकता लिएर गृहमन्त्री बनाउन माग गरेका थिए । तर गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले कठोर निर्णय लिएको हो । यससंगै रास्वपाको सत्तायात्रा छोटो समयमै टुंगीएको छ ।