हृदयको आवाज पुस्तक विमोचन

Byआहा सञ्चार

२०७९ पुष १४, बिहीबार १३:०३

पत्रकार तथा लेखक हरि जिज्ञासुद्धारा लेखित हृदयको आवाज नामक पुस्तक विमोचन भएको छ । ख्रीष्टमसडेको अवसरपारी राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले पौष १० गते राष्ट्रिय प्रज्ञाप्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यक्रममा खेलकुदमन्त्री महेश्वर गहतराजले उक्त किताब बिमोचन गरे । लेखक आफै पनि इसाई धर्ममा आस्था राख्ने र इसाई समुदायको पक्षमा निरन्तर कलम चलाउदै आएका छन् । उनले लेखेको हृदयको आवाज नामक पुस्तकले दाङ, रोल्पा, रुकुम, सल्यान, जाजरकोट, प्यूठान लगायतका जिल्लाहरुको इसाई इतिहासलाई बुज्न चाहानेहरुको लागि थप उपयोगी हुने लेखकको भनाइ छ ।
विशेषगरी हृदयको आवाज सेवकाई संग जोडिएको संघर्ष नामक पुस्तकमा चर्चमा सेवा गर्ने २२ जना पास्टर तथा अगुवाहरुको संघर्षलाई प्रस्तुत गरिएको छ । विदेशी डलरबाट चर्च चल्छ भन्ने आरोपलाई खण्डित गर्दै पश्चिम नेपालका पास्चरहरुले चर्चमा कसरी दुःखका साथ सेवा गर्दैछन् भन्ने कुरालाई किताबमा समेटिएको छ । पञ्चातकाल र परिवर्तनका लागि तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र संघर्षमा राज्य र विद्रोही पक्षबाट इसाई धर्मलम्बी तथा चर्चलाई कस्तोखालको असर परेको थियो भन्ने कुरा २२ जना पास्टर तथा अगुवा ज्यूहरुको संघर्षको कथाले प्रष्ठ पारेको छ । लेखक जिज्ञासुले लेखेको हृदयको आवाज नामक किताब २२ पृष्ठको छ भने यस किताबको बितरक फेथ सेन्टर अनलाइन टि.भि रहेको छ ।

 

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto