प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सल्यान/रूकुम पश्चिमको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । कर्णाली प्रदेशसभा सदस्य महेन्द्र केसीले मुसिकोट नगरपालिकाको सेरीगाउँमा सम्पर्क कार्यालयको एक कार्यक्रमका विच उद्घाटन गरेका हुन । यसअघि रुकुम पश्चिमको चौरजहारीबाट पनि परियोजनाको कार्यालय सञ्चालनमा छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका, सानीभेरी र त्रिबेणी गाउँपालिकामा परियोजना मार्फत सञ्चालित कार्यक्रमहरुको प्रभावकारी अनुगमन तथा सेवाप्रबाहमा सहजताका लागि मुसिकोटमा सम्पर्क कार्यालय स्थापना गरिएको कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानलेले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लम्बिनी गौतम, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे लगायत जिल्ला स्थित सराकोरवाला कार्यालय प्रमुख तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । परियोजना मार्फत रुकुम पश्चिममा अदुवा, मकै र तरकारी विउ उत्पादन सहितका पकेट कार्यक्रमहरु सञ्चालनमा रहेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds