हरि जिज्ञासु
संसारमा एउटा अतभूत सत्य छ ‘हामी एक दिन मर्नेछौँ’ । कतिखेर कसले संसार छोड्छ पत्तो हुँदैन । संसार छोड्ने धेरै मान्छेहरुको बीचमा केहि त्यस्ता मान्छेहरु हुन्छन् जसलाई दुनियाले सम्झन्छ र दुनियाले त्यसको विचारलाई आत्मासाथ सम्मान गर्छ । मृत्युले नबोलाएसम्म आफ्नो शरीररलाई देश र जनताको हितको लागि खर्च गरेर अस्ताउने धेरै व्यक्तिहरु अमर रहन्छन् । त्यस्ता अमर व्यक्तिहरु हाम्रो मन मस्तिस्क र पाठ्यक्रममा जीवित छन् । हामी उनीहरुको बिचारलाई पढिरहन्छौँ,पढाईरहन्छौँ अनी लेखि रहन्छौँ ।

जात, धर्म र वर्गको आधारबाट हुने विभेदलाई नेपाली समाजदेखि धेरै टाढा राख्न चाहाने एक युवा महाविर विश्वकर्म अस्ताएको खबरले मन पोलिरहेको छ । मैले माथि नै भनि सकेँ संसारमा एउटा त्यस्तो सत्य छ, हामी एक दिन मर्नेछौँ । केहि दिन अगाडी चितवनबाट काठमाण्डौँ जाने क्रममा सवारी दुर्घटनाबाट चर्चित रेडियोे कार्यक्रम बहकिने मनका प्रस्तोता ३५ वर्षिय महाविर विश्वकर्मा अस्ताए । समाज रुपान्तरणको लागि आफ्नो सिंगो शरिर सुम्पेका क्रान्तिकारी व्यक्तिहरु अल्पआयुमै संसार छोडेर अस्ताउँदा अलि दुःख लाग्दोरहेछ । दुःख नलागोस् पनि कसरी ? किनकि नेपालमा धेरै भूँई मान्छेहरु छन् जसको बन्द आवाजलाई विचार र शिद्धान्तको धनी व्यक्तिले बोली दिनुपर्छ । भूँई मान्छेहरुको आवाज बोल्ने केहि जिम्मा महाविर विश्वकर्माले पनि लिएका थिए । उनी सँधै भूँई मान्छेको आवाज केहि फेसबुकको भित्तामा लेख्थे, कहिले माइतीघर मण्डला र बानेश्वरमा शासकहरुले सुन्ने गरी कराउँथे । विभेद रहित समाज बनाउन चाहाने उनको आवाजलाई शासकहरुले सुन्न झिँजो मान्थेँ ।

नेपालका दुई सय भन्दा बढि रेडियोमा बज्ने एउटा साहित्यक कार्यक्रम बहकिने मन हजुरहरुले पनि सुन्नुभएको छ होला । मेरो जीवनको युवाअवस्था सुरु हुँदा मैले खुबै सुन्थँे । किश्वरअवस्थाका धेरै भाइबहिनीहरुको लागि बहकिने मन कार्यक्रम एउटा उपाहर थियो । कतिपय कार्यक्रमहरु मनोरन्जनका लागिमात्र हुन्छन् । कतिपय कार्यक्रमहरु त्यस्ता हुन्छन् जसले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका राखेका हुन्छन् । बहकिने मन कार्यक्रमका प्रस्तोता महाविर विश्वकर्म त्यस्ता युवा थिए जसले समाज रुपान्तरणको लागि आफ्नो कार्यक्रमलाई प्रयोग गरेका थिए । उनी रेडियो कार्यक्रम प्रस्तोतामा मात्र सिमित थिएनन् । उनीमा बहुप्रतिभा थियो । उनी कुसल उद्घोषक पनि थिए । उनले कुनै पनि कार्यक्रमको ओजनदार र सन्देश मुलक स्कृप्ट लेख्न सक्थे ।
सयौँ वर्षदेखि जरा गाडेको जात व्यवस्थालाई उन्मुलन गर्नको लागि एउटा अभियान सुरु गरेका महाविर विश्वकर्मालाई जातिय बर्गीय अहमतलाई रमाइरहेकाहरुले सम्झना नसकेपनि दलित समुदायले सम्झनै पर्छ । समाज रुपान्तरणको महान विचार संसारमा जन्मेका सबैले जन्माउन सक्दैनन् । नेपालको विकासको लागि सबै भन्दा ठूलो बादक जात व्यवस्था छ भन्ने थाह पाएर जात व्यवस्था अनमुलन मोर्चाका संयोजग बनेका महाविर सामान्य सोचका होइनन् ।

साँचो प्रेम गर्ने तर जातको कारण आफ्नो प्रेमलाई विवाहमा परिनत गर्न नसकेका धेरै प्रेम जोडिहरुलाई महाविर विश्वकर्मा प्रस्तोता रहेको बहकिने मन कार्यक्रमले उर्जा दिएको छ । धेरैले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् । जातिय छुवाछुत तथा भेदभावलाई यसले अप्रत्यक्ष रुपमा धेरै ठूलो चुनौति दिएको छ । मैले महाविर विश्वकर्मासँग केहि संगत गर्ने मौका पाएको छु । उनले जात व्यवस्था नेपालको लागि ठूलो बाधक रहेको कुरालाई सजिलो भाषामा प्रष्ठ पार्ने गर्थे । रुकुम चौरजहारीमा नवराज विक लगायत ६ जनालाई जातकै कारण हत्या गरेर भेरी नदीमा बगाएको बेला उनी माइतीघर मण्डलामा विरोधको झण्डा फहराउँथेँ, विरोधको आवाज बोल्थे र जात व्यवस्था विरोधी शब्दहरुले रंगिएका पम्पिलेटहरु समाउथँे । उनको आवाज जातीय र वर्गीय अहमतामा रमाइरहेकाहरुले सुन्न झिंजो मान्थे । वर्षौदेखि छुवाछुत तथा भेदभावको पीडाले थिलो थिलो परेका दलित समुदायको आवाजलाई शासकसम्म पु¥याउने जिम्मा उनले लिएका थिए ।

नवराज विक. हत्यकाण्डको विरोधमा माइतीघर मण्डलामा उनले मलाई भनेको एउटा वाक्य याद आइराख्छ, ‘हरि ब्रो ! तिमी र हामी जस्ता युवाले उत्पिडित समुदायको लागि नबोले कसले बोलिदिन्छ ? आज एउटा नबराजलाई मारेका छन् हामी यहाँ छौँ । भोली फेरि अर्को कोही नबराजलाई मार्छन् होला हामी फेरि यहि माइतिघर मण्डलामा कराइरहेका हुनेछौँ । यसैगरी वित्छन् हाम्रा दिनहरु ।’ उनले नेपालमा भएको जात, वर्ग र धर्मको आधारमा हुने फोहोरी विभेदलाई सफा गर्न चाहान्थेँ । जातिय विभेद र जात व्यवस्था स्थिर रहिरहनुको पछाडी राज्यसत्ताको ठूलो भूमिका रहेको उनी प्रष्ठ पार्थै ।
उनी प्रस्तोता रहेको रेडियो कार्यक्रमले मलाई केहि समय प्रभाव पा¥यो जबसम्म मैले उनलाई भेटेको थिएन । जब मैले उनलाई भेटेँ त्यसपछि रेडियो क्रार्यक्रम बहकिने मन भन्दा उनको समाज रुपान्तरणप्रतिको विचार महान रहेछ । उनको विचार उत्पिडित जाति समुदायको पक्षमा रहेछ । भविश्यमा देश विकासको लागि मजबुत खाका कोर्न सक्ने क्षमता उनीसँग थियो । मलाई लाग्दैछ दलित सुमदायमा त्यस्ता परिवर्तनकारी विचारका युवा जन्मन समय लाग्छ । आज दलित समुदायको पीडाको आवाजलाई निडरसाथ साहित्य र विचारबाट प्रस्तुत गर्ने महान विचारको युवालाई गुमाउनु पर्दा शासकहरु बाहेक समाज सकारात्मकरुपमा बदलिएको चाहाने सबैलाई दुःख लागेको छ ।

समाज रुपान्तरणको लागि उभिएका एउटा खम्बा ढलेपछि देशलाई थप घाट भएको छ । महाविर विश्वकर्म जस्तै समाज रुपान्तरण र देश विकासको लागि आफ्नो शरिर समर्पण गरेका अरु युवाहरु पनि छन् तर धेरैले नेपाल विकास नहुनुको घातक तत्व जात व्यवस्था छ भन्ने कुरा बुजेको छैनन् । उनीहरु आफैले जातिय छुवाछु तथा भेदभावको महसुस् नगरेको कारण उनीहरुलाई त्यसमा चासो छैन । पछिल्लो संसदिय चुनावमा धेरै युवा नेताहरु निर्वाचित भएका छन् । जनताले उनीहरुबाट ठूलो आशा गरेका छन् तर निर्वाचित युवा नेताहरुसँग देश विकासको लागि मुख्य एजेण्डा के हो ?, सयौँ वर्ष देखि छुवाछुत तथा विभेदमा डुबेका दलित समुदायलाई माथि उकास्न के छ एजेण्डा ?, जात व्यवस्था अन्मुलनको लागि के छ एजेण्डा ?
जनताले देशको विकासलाई पर्खिरहेका छन् । त्यसकारण हरेक निर्वाचनमा परिवर्तनकारी प्रतिफल देखा पर्छ । साँच्चिकै देश र जनताको लागि विकासको आवश्यकता महसुस गर्ने नेताले विकास त गर्लान तर विकास भनेको के हो ? कस्तो कुरालाई विकास भन्ने ?, गाउँगाउँमा सडक पुग्नु र सडक सफा र सुन्दर देखिनुमात्र विकास हो ? स्कुल राम्रो हुनु मात्र विकास हो त ?, भ्रष्टचार घट्नुमात्र विकास हो ? महत्वपूर्ण विकास त्यो पनि हो कसैले पनि कसैलाई जात, धर्म र वर्गको आधारमा विभेद नगरोस् ।

सुन्दर देशमा एउटा सुन्दर विकास त्यो पनि हो । त्यसकारण महाविर विश्वकर्म एउटा त्यस्तो परिवर्तकारी युवा थिए जसलाई दलित समुदायको चिन्ता थियो । जात व्यवस्तालाई निमुठ्यान पार्ने महान सपना थियो । उनको सपना पूरा गर्नको लागि अब फेरि कोहि नयाँ महाविर विश्वकर्मा जन्मनुपर्छ । शासकहरु विरुद्ध शाहासिक प्रश्न गर्ने एक क्रान्तिकारी युवा थिए । परिवर्तन चाहाने धेरै मानिसहरुले उनीबाट केही आशा गरेका थिए । मलाई लाग्दैछ उनी मरेर पनि बाँच्नलाई मरेका हुन् । उनको बिचार सँधै बाँचिरहन्छ । अहमताबादी जातव्यवस्थाको कारण फेरि अर्को कुनै नबराज विक, अर्को कुनै मिजार लागायत दलित समुदायका व्यक्तिहरु छुवाछुतको कारण मारिए भने दलित समुदायले उनलाई गहार्नेछ अनी सम्झीरहनेछ । त्यसकारणमा महाविर कमरेड अमर रहनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto