रुकुम पश्चिममा हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधीसभातर्फ समानुपातिकमा नेकपा एकिकृत समाजवादीको चुनाव चिन्ह कलम भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीले बढी प्राप्त गरेको छ ।
करिब ३० हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सय ७२ मत प्राप्त गरेका छ भने एकिकृत समाजवादीले ६ सय ५१ मात्र मत प्राप्त गरेको छ । रुकुम पश्चिममा सबैभन्दा मत भने नेकपा माओवादी केन्द्रले नै पाएको छ । जसको मत १७ हजार ४ सय ३४ रहेको छ । त्यस्तै दोस्रोमा नेकपा एमालेको ४ हजार ६ सय ४९ र नेपाली काँग्रेसको ४ हजार १ सय १० मत रहेको छ ।
त्यस्तै प्रदेशसभा तर्फ पनि समानुपातिकमा नेकपा माओवादी केन्द्रको नै सबैभन्दा बढी मत छ । त्यसपछि एमाले, काग्रेस र एकिकृत समाजवादीको मत रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु