रुकुम पश्चिमको प्रतिनिधीसभा तर्फ समानुपातिकको हालसम्मको मतगणनामा परिणाम अनुसार नेकपा एमालेले नेपाली काग्रेसलाई उछिनेको छ । करिब १० हजार मतगणना हुँदा नेकपा एमालेले १ हजार ५ सय ८८ मत प्राप्त गरेको छ भने नेपाली काग्रेसले १ हजार ४ सय १७ मत प्राप्त गरेको छ । त्यस्तै प्रदेशसभा तर्फ पनि काँग्रेसको भन्दा एमालेको मत बढी छ ।
पछिल्लो स्थानीय चुनाव तथा यसअघिका अन्य निर्वाचनहरुमा रुकुम पश्चिमका एमाले भन्दा काँग्रेसको मत बढी थियो । रुकुम पश्चिममा हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधीसभातर्फ समानुपातिकमा नेकपा माओवादी केन्द्रको भने सबैभन्दा बढी मत छ । नेकपा माओवादी केन्द्रको ५ हजार ८ सय ४ मत रहेको छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको २ सय ८६, एकिकृत समाजवादीको २ सय ४० र राप्रपाको १ सय ६७ रहेको छ ।
अन्य दलहरुको भने मत १ सय भन्दा तल छ । त्यस्तै प्रदेशसभा तर्फ पनि समानुपातिकमा नेकपा माओवादी केन्द्रको नै सबैभन्दा बढी मत छ । जसमा नेकपा माओवादी केन्द्रको ४ हजार ७ सय ५४, नेकपा एमालेको १ हजार ४ सय ६०, नेपाली काग्रेसको १ हजार ३ सय ५५, एकिकृत समाजवादीको २ सय ६२ र राप्रपाको १ सय ६५ मत रहेको छ । अन्य दलहरुको भने १ सय भन्दा तल मत रहेको छ ।
