रुकुम पूर्वमा हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधीसभातर्फ समानुपातिकमा नेकपा माओवादी केन्द्रको मत नै सबै भन्दा बढी छ । करिब १५ हजार मत गणना हुँदा नेकपा माओवादी केन्द्रको ४ हजार ९ सय ७१ मत रहेको छ । त्यस्तै दोस्रो स्थानमा नेपाली काग्रेस रहेको छ । जसको २ हजार १ सय ९५ रहेको छ ।

त्यस्तै नेकपा एमालको १ हजार ७ सय ५२ मत रहेको छ । एकिकृत समाजवादीको २ सय ११, राष्ट्रिय स्वतन्त्र पार्टीको १ सय ३० र नेकपा मालेको १ सय २५ मत रहेको छ । अन्य दलहरुको भने मत १ सय भन्दा तल छ ।

त्यस्तै प्रदेशसभा तर्फ पनि समानुपातिकमा नेकपा माओवादी केन्द्रको नै सबैभन्दा बढी मत छ । जसमा नेकपा माओवादी केन्द्रको ४ हजार ६ सय ५४, नेकपा एमालेको १ हजार ९ सय २, नेपाली काग्रेसको १ हजार ५ सय ६, एकिकृत समाजवादीको ९ सय १३ र मंगोल नेशनल अर्गनाईजेशनको १ सय १२ मत रहेको छ । अन्य दलहरुको भने १ सय भन्दा तल मत रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto