रुकुम पश्चिममा मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना आईतबार विहान ७ बजेदेखि गर्ने तयारी गरिएको छ ।

शनिबार बेलुकासम्म जिल्लाका सबै मतपेटिकाहरु जिल्ला सदरमुकाममा आईसकेको भएपनि सत्ता गठबन्धनका उम्मेदवारहरुले निर्वाचनमा धाँधली गरेको र पुनः मतदान नभएसम्म आफुहरु मतगणना स्थलमा नबस्ने भनी नेकपा एमाले रुकुम पश्चिमका प्रतिनिधीसभा उम्मेदवार नन्दराम देवकोटाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराएर छलफल लम्बिएपछि मतगणना समयमै हुन नसकेको हो ।

तर मुख्य निर्वाच अधिकृतको कार्यालयले एक उक्त उजुरी निर्वाचन कानुन अनुसार नभएको भन्दै दल तथा उम्मेदवारका प्रतिनिधी उपस्थित भएपनि नभएपनि आईतबार ७ बजेबाट जिल्लाको मतगणना शुरु हुने एक सूचना मार्फत जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto