यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि विहिबार रातीदेखि स्थिर समय सुरु भएको छ । राति १२ बजेदेखि स्थिर समय सुरु भएसंगै उक्त स्थिर समयमा उम्मेदवारहरुले कुनैपनि प्रकारको प्रचारप्रसार गर्न पाउने छैनन । निर्वाचन आयोगले यसअघि निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको छ ।

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२ बजेसम्म मात्रै प्रचारप्रसारका लागि समय दिएको थियो । स्थिर अवधिमा उम्मेदवारहरू र दलहरूले प्रचारप्रसारलगायत काम गर्न पाउने छैनन् । आयोगका अनुसार स्थिर समयमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, सभा, सम्मेलन, गोष्ठीलगायत गर्न पाइँदैन । त्यस्तै मतदान हुने दिनभन्दा ४८ घन्टा अघि मतदान स्थलभन्दा तीन सय मिटर वरपर राखेका दल र उम्मेदवारका प्रचारप्रसारका सामग्री पूर्ण रूपमा हटाउनुपर्छ । मतदान स्थलका वरपर भोज, जुलुस, बाजा बजाउन पनि पूर्ण रूपमा निषेध गरिएको छ ।

स्थिर समयमा थप के के कार्य गर्न मिल्दैन, विस्तृत तलको भिडियोमा हेर्नुहोस ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto