रुकुम पश्चिमबाट प्रतिनिधि तथा प्रदेशसभा उम्मेदवारहरुले क्रमसः आआफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गर्न थालेका छन । त्यस्तै आआफ्ना दल तथा गठबन्धनहरुले पनि केन्द्र र प्रदेशस्तरमा पनि चुनावी घोषणापत्र तयार पारेर सार्वजनिक गरिरहेका छन । नेपाली काग्रेस, नेकपा माओवादी केन्द्रले केन्द्रीय स्तरबाट पनि घोषणापत्र सार्वजनिक गरिसकेका छन । त्यस्तै नेकपा एमालेलेपनि घोषणापत्रलाई सार्वजनिक गरिसकेको छ । त्यस्तै अन्य दलहरुले पनि घोषणापत्र सार्वजनिक गरिरहेका छन । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उम्मेदवारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । गठबन्धनका तर्फबाट आगामी मंसिर ४ को निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा तथा प्रदेश सभा १ का उम्मेदवार महेन्द्र केसी र प्रदेशसभा २ का उम्मेदवार राजकुमार शर्माको प्रतिबद्धता पत्र सार्वजनिक भएको हो ।
उम्मेदवारको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्मा ‘प्रभाकर’ले आईतबार प्रतिबद्धता पत्र सावर्जनिक गरे । उनले एउटा समग्र राष्ट्रिय राजनीतिक मार्गचित्रको अपिल तथा प्रतिवद्धता तथा अर्को छुट्टै जिल्लातहमा गर्न सकिने विकास निर्माणका प्रतिवद्धता ब्यक्त गरे । अव आसन्न निर्वाचन मार्फत प्राप्त हुने चौथो कार्यकाल गठबन्धन दलको संयुक्त पहलमा गुणात्मक पूर्वाधार, रोजगारी सृजना र गरिबी अन्त्यका लागि कृषिको आधुनिकिकरण एवं औद्योगिकरण, नयाँ प्रविधियूक्त शैक्षिक विकास सहित सामाजिक न्याय स्थापनामा आर्थिक उत्पादन एवं सामाजिक, सांस्कृतिक रुपान्तरण अभियान मार्फत सुशासन सहित जनताको जीवनमा परिवर्तनको अवधि हुने उनको प्रतिबद्धता थियो ।
उता नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार नन्दराम देवकोटाले पार्टीको केन्द्रबाट घोषणापत्र सार्वजनिक भैसकेको र जिल्लामा पनि प्रतिबद्धता सार्वजनिक गरिने बताए । यद्यपि, जनभावनाको कदर, राजनीतिक नैतिकता, मूल्य–मान्यता, विधिको शासन र सुशासन कायम नहुँदासम्म कुनै पनि विकास हुन नसक्ने भएकाले एमालेको प्रमुख एजेन्डा राजनीतिक मूल्य–मान्यता स्थापित गर्ने रहेको उम्मेदवार देवकोटाले बताए । जनताले विकल्पको खोजी गरिरहेकाले जिल्लामा एमाले विकल्पका रूपमा स्थापित हुने दाबी उनको छ । त्यस्तै रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तारक केसीले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन । सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको उक्त प्रतिवद्धतामा गलत कामका बिरुद्ध औला उठाउन सक्ने सचेत, जागरुक र चेतनशिल रुकुमेली, उत्तेजना र आवेग होईन चेतना र विवेक, भ्रष्टाचार निर्मुल, सुशासन र सदाचारयुक्त रुकुम, राज्यको श्रोत साधनको दुरुपयोग रोक्दै जनताप्रति पूर्ण स्थानीय सरकार, जनताको मनमा शान्ति र मुहारमा कान्ति छाउन सक्ने सहिष्णु वातावरण निर्माण गर्ने उल्लेख छ ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto