आगामी मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनका लागि रुकुम पश्चिममा प्रयोग हुने मतपत्र तथा चिन्हको वास्तविक नमुना निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आफनो अफिसियल वेवसाईट मार्फत सार्वजनिक गरेको वास्तविक मतपत्र अनुसार रुकुम पश्चिममा प्रतिनिधीसभा तर्फ मतपत्रमा जम्मा ६ वटा मात्र चुनाव चिन्ह रहने छन । मतपत्रको शुरुमा नेकपा एमालेको चुनाव चिन्ह सूर्य, त्यसपछि नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हसिया हथौंडा र त्यसपछि राप्रपाको हलो हुनेछन ।

त्यसैगरी दोस्रो हरफमा क्रमसः मंगोल नेशनल अर्गानाईजेशनको भाले, स्वतन्त्र उम्मेदवार तारक केसीको सूर्यमुखि फूल र स्वतन्त्र उम्मेदवार राजन पाण्डेको खुकुरी क्रस चुनाव चिन्ह रहने छ । त्यस्तै प्रदेशसभा १ तर्फ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा गरि तीन वटा दलको चुनाव चिन्ह रहेको मतपत्र मात्र हुनेछ । त्यस्तै प्रदेशसभा २ तर्फबाटपनि यी तीन दलको मात्र चुनाव चिन्ह हुनेछ । यसपटकको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको मतपत्रमा थोरै मात्र चुनाव चिन्ह भएका कारण मतदाताहरुलाई मत संकेत गर्न सहज हुनेछ । प्रतिनिधी तथा प्रदेशसभा तर्फको मतपत्रमा थोरै मत चिन्ह भएपनि समानुपातिक तर्फको मतपत्रमा भने धेरै चुनाव चिन्ह हुनेछ । प्रतिनिधीसभा तर्फको मतपत्रमा ४८ वटा चुनाव चिन्ह रहने छन भने प्रदेसभा तर्फको समानुपातिकमा भने २८ वटा मात्र चुनाव चिन्ह रहेको मतपत्र हुनेछन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto