आगामी मंसिर ४ गते हुने प्रतिनीधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षितगरी दल तथा उम्मेदहरु प्रचारप्रसारमा जुटेका छन । उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक भएसंगै दलहरु तथा उम्मेदजारहरु गाउँगाउँमा चुनावी अभियानमा लागेका हुन । सत्ता गठबन्धनका तर्फबाट आगामी निर्वाचनका लागि रुकुम पश्चिम प्रदेश सभा १ का उम्मेदवार राजकुमार शर्माले चुनावी प्रचारलाई जारी राखेका छन । शर्माले अहिले आफ्नो निर्वाचन क्षेत्र अन्तरगते त्रिवेणी तथा सानीभेरी गाउँपालिकाका गाउँठाउँमा चुनावी अभियानमा ब्यस्त छन ।

पहिलो चरणमा निर्वाचन क्षेत्रका सबै वडामा पुगेर जनतासंग भेटघाट गर्ने योजना अन्तरगत कार्यक्रमहरु भइरहेको उनको भनाई छ । त्यस्तै सत्ता गठबन्धनका तर्फबाट प्रदेशसभा १ उम्मेदवार महेन्द्र केसीले पनि आफ्नो क्षेत्रमा चुनावी अभियानलाई तिव्रता दिईरहेका छन । मतदाताको घरघरमा गएर तथा औपचारिक तथा अनौपचारिक चुनावी गतिबीहरुमा उनले सक्रियता दिईरहेका छन । रुकुम पश्चिममा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्दंले नै प्रतिनिधी तथा प्रदेशसभा तीव वटै क्षेत्रमा उम्मेदवार पाएको छ । त्यस्तै नेकपा एमाले रुकुम पश्चिमले पनि जिल्ला समितिको बैठक पश्चात चुनावी कार्यक्रम लिएर गाउँगाउँमा पुग्ने निर्णय गरेको छ । नेकपा एमालेको तर्फबाट प्रदेशसभा १ का उम्मेदवार नारायणकुमार शाहले औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु मार्फत चुनावी अभियानलाई तिब्रता दिएको बताए । त्यस्तै रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार तारक केसीले सुशासन र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छना । मंगलबार मुसीकोटमा पत्रकार सम्मेलन आयोजना गरी केसीले जिल्लाको समृद्धि, विकास र सुशासनका लागि आफुले उम्मेदवारी दिएको स्पष्ट पारे । द्धन्द्धको क्रममा चर्चित रुकुमको खाराबाट केहि दिनमै शान्ति प्रतिक परेवा उडाएर आफ्नो चुनानी कार्यक्रमहरु शुरुवात गर्ने उनको भनाई छ ।

आफुनो चुनावी कार्यक्रम दलहरुको जस्तो नभएर सुबेच्छुकहरुले बोलाएको पनि जहाँ पनि घरदैलो कार्यक्रम हुने बताए । त्यस्तै आमागी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको चुनावमा रुकुम पश्चिमबाट उम्मेदवार रहेका मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार हरिबहादुर पुनले केहि दिन अघि पत्रकार सम्मेलन आयोजना गरि चुनावी एजेण्डाहरु सार्वजनिक गरे । उनले पूर्ण लोकतन्त्र, धर्म निरपेक्षता, प्रान्तिय सरकार, स्वतन्त्रता र भातृत्व, मानव अस्तित्व सहित समानताको लागि आफ्नो उम्मेदवारी परेको जानकारी दिए । संविधानमा मंगोल वर्णको कुनै अस्तित्व नराखिदा आम मंगोलियनहरुको अस्तित्व माथी प्रश्न उब्जेकोले आफूहरुले संविधानमा आर्य मानवसँगै मंगोल मानवको अस्तित्व समावेश गर्नको लागि लागिपरेको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto