अन्ततः रुकुम पश्चिममा सत्ता गठबन्धन दलको तर्फबाट सयुक्त उम्मेदवार कायम भएका छन । सत्ता गठबन्धनमा रहेका दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले मनोनयनका क्रममा सहमति जुटेको थिएन । जसअनुसार छुट्टाछुट्टै उम्मेदवारी दिएपनि काग्रेस उम्मेदवारहरुले माओवादी उम्मेदवारहरुलाई समर्थन गर्दै उम्मेदवारी फिर्ताको दिन उम्मेदवारी फिर्ता लिएसंगै सत्ता गठबन्धन दलबाट माओवादी केन्द्रका उम्मेदवार मात्र कायम भएका छन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिमले सार्वजनिक गरेको सूचना अनुसार नेपाली काग्रेस रुकुमको तर्फबाट तथा काग्रेस नेताहरुले स्वतन्त्रबाट दर्ता गराएका एउटा बाहेक अन्य मनोनयन फिर्ता भएको हो । तर काग्रेस युवा नेता तारक केसीले भने प्रतिनिधीसभाका लागि स्वतन्त्रको रुपमा दर्ता गराएको मनोनयन फिर्ता गरेनन् । यससगै सत्ता गठबन्धन दलबाट माओवादी केन्द्र उम्मेदवार नै साझा उम्मेदवार कायम भएका छन । उता नेकपा एमाले सहितका अन्य दलबाट भएको उम्मेदवारी भने कायम नै रहेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि रुकुम पश्चिमबाट १८ जनाले मनोनयन दर्ता गराएका थिए । जस मध्य उम्मेदवारहरुको दावी विरोधका क्रममा नेपाली काग्रेसका प्रदेशसभा २ उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेजी भएसंगै १७ जना उम्मेदवार रहेका थिए ।
त्यसमा पनि उम्मेदवारी फिर्ता लिने क्रममा नेपाली काग्रेसबाट प्रतिनिधीसभा उम्मेदवार मानबहादुर नेपाली, काग्रेस नेता, तथा प्रतिनिधीसभा स्वतन्त्र उम्मेदवार लालबहादुर महत, काँग्रेसकै प्रदेशसभा १ उम्मेदवार कृष्णबहादुर रोकाय, काग्रेस नेता तथा प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार बनेका खड्क डाँगी र अर्का एकजना प्रदेशसभा १ का स्वतन्त्र उम्मेदवार भिमदत्त खड्काले उम्मेदवारी फिर्ता लिईसकेका छन । नेपाली काग्रेस कर्णाली प्रदेश समितिका महामन्त्री तथा रकुम पश्चिम प्रदेश सभा २ का उम्मेदवार कृष्णबहादुर रोकायले पार्टीको केन्द्रीय समितिको निर्देशन अनुसार आफु लगायत पार्टीका सबै उम्मेदवारहरुको उम्मेदवारी फिर्ता लिईएको बताए । रुकुम पश्चिममा मुख्य रुपमा अब सत्ता गठबन्धन र बिपक्षी दल नेकपा एमाले विचको प्रतिष्प्रधा हुनेछ । मुख्य निर्वाचन कार्यालय रुकुम पश्चिमका अनुसार अब प्रतिनिधीसभाका लागि ६ जनाको उम्मेदवारी कायम भएको छ । त्यस्तै प्रदेशसभा १ तर्फ ३ जनाको र प्रदेशसभा २ तर्फ ३ जनाको उम्मेदवारी कायम रहेको छ ।
