रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ खाल्बोटका बाख्रापालक कृषकलाई टाट्नो वितरण गरिएको छ । गरिवि निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम अन्तरगत मुसीकोट नगरपालिकाले बाख्रा पालक कृषकलाई घाँस खुवाउन सहज हुने टाट्नो वितरण गरेको हो ।

उक्त कार्यक्रमबाट खाल्बोटका २६ जना कृषकहरुलाई उक्त सागग्री हस्तान्तरण गरिएको शाईकुमारी लघु उद्यम समुहका अध्यक्ष नविन कुमार पुनले बताए । उनका अनुसार नगरपालिकाको सहयोगमा बाख्रापालक कृषकहरुलाई घाँस उत्पादनक लागि डालेघाँसका विरुवाहरु पनि वितरण गरिएको छ । शुक्रबार भएको एक कार्यक्रमका विच टाट्नो र डालेघाँसका विरुवाहरु वितरण गरिएको हो । वडा नम्बर ७ का वडा सदस्य कल बहादुर कुँवर लगायतका सहभागीहरुले उक्त सामग्रीहरु प्रदान गरे ।

बाखापालक कृषकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले टाट्नो र डालेघाँस वितरण गरिएको वडा सदस्य कुँवरको भनाई छ । वितरण कार्यक्रममा वडा नम्बर ७ का सदस्य अनिल बुढा, निर्वतमान वडा सदस्य तोकबहादुर खत्री, लद्यु उद्यम विकास कार्यक्रम सहजकर्ता रोशन पुन लगायतको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto