रुकुम मुसीकोट नगरपालिका वडा नम्बर १ सल्ले घर भएका मिलन कार्कीको उपचारको लागि युवा व्यवसायी लालविर बोहराले आर्थिक सहयोग गरेका छन । कार्की नसा सम्बन्धी जटिल समस्याबाट पीडित भएर काठमाण्डौमा उपचारत रहेको र घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या देखिएपनि व्यवसायी बोहराले ६ हजार १ सय रुपैयाँ सहयोग गरेका हुन ।

समस्यामा रहेका व्यक्तिलाई सहयोग गरेर समाजसेवाको भाव जागृत गराउन आर्थिक सहयोग गरेको उनको भनाई छ । बोहराले अन्य बेला पनि आर्थिक समस्यामा रहेका ब्यक्तिहरुलाई सक्दो आर्थिक सहयोग गर्दै आएका छन । त्यस्तै कार्कीको उपचारको लागि अन्य ब्यक्तिहरुले पनि सहयोग गर्ने क्रम जारी रहेको छ । उनको उपचारको लागि सहयोग गर्नुहुने ब्यक्तिहरुले विरामीको श्रीमति सिता खड्काको ग्लोबल आईएमई बैंकका खाता नम्बर ५३०७०१००६९०६९०६७ मा जम्मा गर्न सकिने छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto