रुकुम पश्चिमबाट प्रकाशन हुने आहा सञ्चार साप्ताहिक आफ्नो प्रकाशन यात्राको नौं बर्ष पुरा गरि दशमा वर्ष प्रबेश गरेको छ । वार्षिक उत्सव अवसरमा पत्रिका प्रकाशक सम्पादक मेगराज खड्काले हाल सम्म सहयोग र सहकार्य गर्ने पाठक, ग्राहक, विज्ञापनदाता, संबाददाता, लेखक, कर्मचारी लगायतका सरोकारवाला सबैमा धन्यबाद ब्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा ब्यक्त गरेका छन ।

२०७० जेठ देखि आहा सञ्चार साप्ताहिक प्रकाशन शुरु भएको थियो । पत्रिका सगै आहा सञ्चार डटकम अनलाइन मार्फत समाचार र विचारहरु पाठकमाझ ल्याईरहेको छ । शान्ति र समृद्धिको चाहा, समाचार र विचारमा आहा भन्ने मुल नारा लिएर निरन्तर प्रकाशित आहा सञ्चार साप्ताहिकले जनपक्षिय समाचार र विचारलाई केन्द्रमा राख्दै आएको छ । आगामी दिनहरुमा अझै प्रभावकारी तरिकाले छापा संगै मल्टिमिडिया सामाग्रीहरु प्रकाशन÷प्रशारणमा जोड दिने बताएको छ । आहा सञ्चार साप्ताहिक सरकारी स्तरबाट क वर्गमा बर्गीकृत पत्रिका हो ।

book ads
फेसबुक प्रतिक्रियाहरु