रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारको महेन्द्र केसी विजयी भएका छन । उनले ६ हजार ९ सय १४ मत प्राप्त गरेर विजयी भएका हुन ।

उनका प्रतिष्प्रधी नेकपा माओवादी केन्द्रका बसन्त शर्माले ६ हजार ९ सय १ मत ल्याए । १३ मत अन्तरले शर्मा पराजीत भए । उपप्रमुखमा नेकपा एकिकृत समाजवादीका बिमलकुमार पुनले ६ हजार १ सय ४० मत सहित विजयी भए ।

उनका प्रतिष्पर्धी नेकपा एमालेका थलबहादुर ओलीले ५ हजार ९ सय ८५ मत ल्याए । १४ वडा रहेको मुसीकोट नगरपालिकामा ८ वटा वडामा नेकपा माओवादी केन्द्र र ६ वटा वडामा नेपाली काग्रेसले विजयी हाँसिल गरेका छन । मुसीकोट नगरपालिकामा माओवादी केन्द्र र एकिकृत समाजवादी तथा एमाले र काग्रेसको गठबन्धन रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto