रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रवि केसी विजयी हुनुभएको छ । उहाँले ७ हजार ३ सय ९९ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका प्रतिष्प्रधी नेपाली काग्रेसका धिरेन्द्रकुमार बटालाले ६ हजार ६ सय १५ मत ल्याउनुभयो । उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार धनकुमारी शाहीले ७ हजार २ सय ६५ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँका प्रतिष्प्रधी नेकपा एमालेका दिनेश चन्दले ६ हजार २ सय ६८ मत प्राप्त गर्नुभयो । १४ वडा रहेको आठविसकोट नगरपालिकामा १० वटा वडामा माओवादी केन्द्र, २ वटा वडामा काग्रेस र २ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयीहाँसिल गरेका छन ।
आठविसकोट नगरपालिकामा माओवादी केन्द्र एक्लै चुनावी मैदानमा रहेको थियो भने एमाले र काग्रेसको गठबन्धन रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु