रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्प बादी विजयी हुनुभएको छ । उहाँले ६ हजार ८ सय ८२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका प्रेमबहादुर ओलीले ६ हजार ३ सय ११ मत ल्याउनुभयो । उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार इश्वरीकुमारी शर्माले ७ हजार २ मत प्राप्त गरेर विजयी हुनुभयो ।

उहाँका प्रतिष्प्रधी नेकपा एमालेका टंकप्रसाद ओलीले ५ हजार ७ सय ४४ मत पाउनुभयो । १४ वडा रहेको चौरजहारी नगरपालिकामा ११ वटा वडा नेकपा माओवादी केन्द्र र ३ वटा वडा ३ नेपाली काग्रेसले विजयी हाँसिल गरेको छ । चौरजहारी नगरपालिकामा माओवादी केन्द्र एक्लै चुनावी मैदानमा रहेको थियो भने एमाले र काग्रेसको गठबन्धन थियो ।

book ads
फेसबुक प्रतिक्रियाहरु