रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेशकुमार केसीले विजयी भएका छन । उनले ५ हजार १ सय २९ मत ल्याएर विजयी भएका हुन ।

उनका प्रतिष्प्रधी नेपाली काग्रेसका अमरसिंह खड्काले ४ हजार २ सय ९३ मत प्राप्त गरे ।  उपाध्यक्षमा पनि माओवादी केन्द्रकै उम्मेदवार राजकुमारी रेउलेले ५ हजार १ सय ४३ मत प्राप्त गरेर विजयी भईन ।

उनका प्रतिष्प्रधी नेपाली काग्रेसकी सृष्ठि बाँठामगरले ४ हजार ३ सय १३ मत प्राप्त गरिन । १० वडा रहेको त्रिबेणी गाउँपालिकामा हालसम्म ५ वटा वडामा माओवादी, ४ वटा वडामा काग्रेस र १ वटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto