रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काग्रेसका उम्मेदवार जनककुमार बाँठामगर विजयी भएका छन । उनले ४ हजार ४ सय ५५ मत ल्याएर विजयी भएका हुन ।

उनका प्रतिष्प्रधी नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर केसीले ४ हजार ४ सय २४ मत ल्याए । उनीहरुको विचमा ३१ मतको अन्तर रहेको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा बुढा केसीले ४ हजार ५ सय ६० मत प्राप्त गरेर विजयी भईन । उनका प्रतिष्प्रधी नेपाली काग्रेसकी नन्दकुमारी केसी नाथले ४ हजार १ सय ६० मत प्राप्त गरिन ।

१० वडा रहेको बाँफिकोट गाउँपालिकामा ८ वटा वडामा नेकपा माओवादी केन्द्र र २ वटा वडामा नेपाली काग्रेसका उम्मेदवार विजयी हाँसिल गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto