रुकुम पश्चिमका ६ स्थानीय तह मध्य ४ स्थानीय तहको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार र २ स्थानीय तहमा नेपाली काग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।

यस समाचार तयार पार्दासम्म रुकुम पश्चिमको मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा नेपाली काग्रेसका उम्मेदवारको अग्रता रहेको छ । त्यस्तै चौरजहारी नगरपालिका, आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिबेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारको मत अग्रता रहेको छ ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा माओवादी र एकिकृत समाजवादीको गठबन्धन छ भने अन्य स्थानीय तहमा माओवादी एक्लै चुनाबी मैदानमा छ । रुकुम पश्चिमको बाँफिकोट र त्रिबेणी बाहेक अन्य स्थानीय तहमा एमाले काग्रेसको गठबन्धन रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto