रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको प्रमुखमा नेपाली काग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ । यस समाचार तयार पर्दासम्म काग्रेसबाट प्रमुखका उम्मेदवार महेन्द्र केसीले २ हजार ५५ मत ल्याएर अग्रता कायम गरेका हुन ।
उनका प्रतिष्प्रधी नेकपा माओवादी केन्द्रका बसन्त शर्माले १ हजार ३ सय ६८ मत ल्याएर पछ्याईरहेका छन । उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार थलबहादुर ओलीले १ हजार ७ सय ६८ मत प्राप्त गरेर अग्रता कायम गरेका छन भने उनका प्रतिष्प्रधी नेकपा एकिकृत समाजवादीका बिमलकुमार पुनले १ हजार १ सय १४ मत सहित पछ्याईरहेका छन ।
१४ वडा रहेको मुसीकोट नगरपालिकामा ३ वटा वडामा मतगणना सकिएको छ । जसमा तीन वटै वडामा नेपाली काग्रेसका उम्मेदवारले विजयी हाँसिल गरेका छन । मुसीकोट नगरपालिकामा माओवादी केन्द्र र एकिकृत समाजवादी तथा एमाले र काग्रेसको गठबन्धन रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु
