रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको अग्रता कायम रहेको छ । यस समाचार तयार पर्दासम्म माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार रवि केसीले १ हजार २ सय ८३ मत ल्याएर अग्रता कायम गरेका हुन । उनका प्रतिष्प्रधी नेपाली काग्रेसका धिरेन्द्रकुमार बटालाले ६ सय ८० मत ल्याएर पछ्याईरहेका छन ।

उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार धनकुमारी शाहीले १ हजार ३ सय ४ मत प्राप्त गरेर अग्रता कायम गरेकी छिन भने उनका प्रतिष्प्रधी नेकपा एमालेका दिनेश चन्दले ६ सय ७५ मत सहित पछ्याईरहेका छन । १४ वडा रहेको आठविसकोट नगरपालिकामा ३ वटा वडामा मतगणना सकिएको छ । जसमा तीन वटै वडामा माओवादी केन्द्रका विजयी हाँसिल गरेका छन । आठविसकोट नगरपालिकामा माओवादी केन्द्र एक्लै चुनावी मैदानमा रहेको छ भने एमाले र काग्रेसको गठबन्धन रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto