रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको अग्रता कायम रहेको छ । यस समाचार तयार पर्दासम्म माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार गणेशकुमार केसीलेले १ हजार ५ सय १६ मत ल्याएर अग्रता कायम गरेका हुन ।
उनका प्रतिष्प्रधी नेपाली काग्रेसका अमरसिंह खड्काले १ हजार ३ सय २७ मत ल्याएर पछ्याईरहेका छन । उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार राजकुमारी रेउलेले १ हजार ४ सय ६८ मत प्राप्त गरेर अग्रता कायम गरेकी छिन भने उनका प्रतिष्प्रधी नेपाली काग्रेसकी सृष्ठि बाँठामगरले १ हजार ३ सय ८२ मत सहित पछ्याईरहेकी छन ।
१० वडा रहेको त्रिबेणी गाउँपालिकामा हालसम्म ३ वटा वडामा मतगणना सकिएको छ । जसमा एउटा वडामा स्वतन्त्र र दुई वटा वडामा काग्रेसले विजयी हाँसिल गरेको छ । १० हजार ३ सय ५६ मत खसेको पालिकामा ३ हजार २ सय ७५ मत गणना भैसकेको छ । त्रिबेणी गाउँपालिकामा कुनै पनि दलको गठबन्धन छैन ।