रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको अग्रता रहेको छ । यस समाचार तयार पर्दासम्म माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार पुष्प बादीले १ हजार ५ सय ३१ मत ल्याएर अग्रता कायम गरेका छन ।

उनका प्रतिष्प्रधी नेपाली काग्रेसका प्रेमबहादुर ओलीले १ हजार ४ सय ९२ मत ल्याएर पछ्याईरहेका छन । उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार इश्वरीकुमारी शर्माले १ हजार ५ सय ४९ मत प्राप्त गरेर अग्रता कायम गरेकी छिन भने उनका प्रतिष्प्रधी नेकपा एमालेका टंकप्रसाद ओलीले १ हजार २ सय ८८ मत सहित पछ्याईरहेका छन ।

१४ वडा रहेको चौरजहारी नगरपालिकामा हालसम्म ३ वटा वडामा मतगणना सकिएको छ । जसमा ३ वटै वडामा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ । चौरजहारी नगरपालिकामा माओवादी केन्द्र एक्लै चुनावी मैदानमा रहेको छ भने एमाले र काग्रेसको गठबन्धन रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto