रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको अग्रता कायम रहेको छ । यस समाचार तयार पर्दासम्म माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार विर्खबहादुर विष्टले ३ हजार १ सय ६२ मत ल्याएर अग्रता कायम गरेका हुन । उनका प्रतिष्प्रधी नेपाली काग्रेसका गोरखप्रसाद चन्दले २ हजार ३ सय २६ मत ल्याएर पछ्याईरहेका छन ।
उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार कमला रोकाले ३ हजार १ सय ६७ मत प्राप्त गरेर अग्रता कायम गरेकी छिन भने उनका प्रतिष्प्रधी नेकपा एमालेका प्रकाश खड्काले १ हजार ६ सय ३२ मत सहित पछ्याईरहेका छन । ११ वडा रहेको सानीभेरी गाउँपालिकामा हालसम्म ६ वटा वडामा मतगणना सकिएको छ । जसमा ४ वटा वडा अध्यक्षमा माओवादी केन्द्र र २ वटा वडा अध्यक्षमा नेपाली काग्रेसका उम्मेदवारले विजयी भएका छन । ११ हजार १ मत खसेको पालिकामा ५ हजार ९ सय ५० मत गणना भैसकेको छ । सानीभेरी गाउँपालिकामा माओवादी केन्द्र एक्लै चुनावी मैदानमा रहेको छ भने एमाले र काग्रेसको गठबन्धन रहेको छ ।