रुकुम पश्चिमका ६ स्थानीय तह मध्य ४ स्थानीय तहको मतगणना जारी रहेको छ भने दुई स्थानीय तहमा मतगणना अझै शुरु हुन सकेको छैन । मतगणना जारी रहेका ४ स्थानीय तह मध्य दुई स्थानीय तहमा काग्रेस एमाले गठबन्धन अगाडि छ भने दुई स्थानीय तहमा नेकपा माओवादी केन्द्र अगाडि रहेको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नेपाली काग्रेसका उम्मेदवारको अग्रता रहेको छ । जसमा नेपाली काग्रेसबाट प्रमुखमा उम्मेदवार महेन्द्र केसीले १ हजार १० मत ल्याउदा नेकपा माओवादी केन्द्रका उम्मेदवार बशन्त शर्माले ७ सय ५८ मत प्राप्त गरेका छन ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार थलबहादुर ओलीले ८४५ मत ल्याउदा नेकपा एकिकृत समाजवादीका उपप्रमुख उम्मेदवार बिमलकुमार पुनले ६४८ मत प्राप्त गरेका छन । १ नम्बर वडाबाट मतगणना शुरु भएको मुसीकोटमा वडा अध्यक्षमा काग्रेसकै उम्मेदवार ज्ञानु चन्द विजयी भएका छन । मुसीकोटमा काग्रेस एमाले र माओवादी एकिकृत समाजवादीको गठबन्धन छ ।
त्यस्तै चौरजहारी नगरपालिकामा पनि काग्रेस एमाले गठबन्धनकै अग्रता रहेको छ । जहाँ गठबन्धनका उम्मेदवार प्रेमबहादुर ओलीले ४ सय ६९ र नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्प बादीले ३ सय ९९ मत ल्याएका छन । त्यस्तै उप्रमुखमा माओवादी केन्द्रका इश्वरीकुमारी शर्माले ४ सय १६ र नेकपा एमालेका टंकप्रसाद ओली ३ सय ९९ मत प्राप्त रहेको छ ।

सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता रहेको छ । जहाँ माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार विर्खबहादुर विष्टले १ हजार ६ सय २३ मत ल्याउदा काग्रेसका उम्मेदवार गोरखप्रसाद चन्दले ८ सय २५ मत ल्याएका छ । त्यस्तै उपाध्यक्षका नेकपा माओवादी केन्द्रका उम्मेदवार कमला रोकाले १ हजार ६ सय ८ र एमालेका उम्मेदवार प्रकाश खड्काले ५ सय ५५ मत प्राप्त गरेका छन । जहाँ पनि काग्रेस एमालेको गठबन्धन छ भने माओवादी केन्द्र एक्लै रहेको छ । सानीभेरी गाउँपालिका १ र २ नम्बर वडामा माओवादीका अध्यक्ष उम्मेदवार सहित प्यानल विजयी समेत भएको छ । १ नम्बरमा टेकबहादुर पुन र २ नम्बरमा मानबहादुर पुन अध्यक्षमा विजयी भएका हुन ।

त्यस्तै जिल्लाको त्रिबेणी गाउँपालिकामा पनि नेकपा माओवादी केन्द्रकै अग्रता छ । जहाँ माओवादी केन्द्रको अध्यक्ष पदका उम्मेदवार गणेशबहादुर केसीले ५ सय ८८ मत प्राप्त गरेका छन भने काग्रेसका अमरसिंह खड्काले २ सय ३० मत प्राप्त गरेका छन । उपप्रमुखमा माओवादीकी राजकुमारी रेउलेले ५ सय ८५ र काग्रेसकी सृष्टीकुमारी बाँठाले २ सय ३२ मत प्राप्त गरेकी छिन ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा मतगणना बेलुकादेखि शुरु भएपनि मत विवरण सार्वजनिक भएको छैन । बाँफिकोट गाउँपालिकामा विवादका कारण मतगणना हुन सकेको छैन । सर्बदलिय बैठक मार्फत मतगणना सुचारु गर्न पहल भैरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto