रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा सत्ता गठबन्धनमा रहेका तीन दल विच चुनावी गठबन्धन गर्ने सहमति भएको छ । यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी विचमा तालमेल गर्ने सहमति भएर सयुक्त उम्मेदवार उठाईएको थियो भने शुक्रबार जनता समाजवादी पार्टी नेपाल विच पनि चुनावी तालमेल गर्ने सहमति भएको हो ।

नेकपा माओवादी केन्द्रका मुसीकोट नगरसमिति अध्यक्ष धिरण शिर्पाली, नेकपा एकिकृत समाजवादीका नगरसमिति अध्यक्ष दिपकराज खड्का र जनता समाजवादी पार्टी नेपालका नगरसमिति अध्यक्ष हेमराज वोहराद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तीन वटा पार्टी विच चुनावी तालमेल भएको र अब सयुक्त चुनावी कार्यक्रम बनाएर प्रसारप्रसारमा लाग्ने निर्णय गरेको उल्लेख गरिएको छ । तीन दलको गठबन्धनबाट मुसीकोट नगरप्रमुखमा बसन्त शर्मा र उपप्रमुखमा विमलकुमार पुन उम्मेदवार रहेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto