आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुकुम पश्चिमका ६ स्थानीय तहबाट १० वटा राजनैतिक दलले आफ्नो उम्मेदवारी मनोनयन गरेका छन । त्यस्तै स्वतन्त्र ब्यक्तिका रुपमा पनि केहि स्थानीय तहका प्रमृुख देखि वडा सम्म पनि उम्मेदवारी परेको छ । जिल्लाबाट नेकपा एमाले, नेपाली काग्रेस, नेकपा माओवादी केन्द, नेकपा एकिकृत समाजवादी र नेकपा मालेको तर्फबाट उम्मेदवारी दर्ता भएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशन, राप्रपा, राप्रपा नेपाल र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दर्ता भएको हो ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा प्रमुखका लागी ८ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमका जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिईन । त्यस्तै चौरजहारीमा ६, त्रिबेणीमा ५, बाँकीकोटमा ८, मुसीकोटमा ७ र सानीभेरीमा ५ जनाको प्रमुख तथा अध्यक्षको लागि उम्मेदवारी परेको छ । तल विस्तृतमा हेर्नुहोस जिल्लाका ६ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षमा दिईएको उम्मेदवारी मनोनयनको विवरण
आठविसकोट नगरपालिका ः प्रमुख/उपप्रमुख
कृष्णाकुमारी मल्ल/दिनेश चन्द ः नेकपा एमाले
खडकबहादुर केसी ः स्वतन्त्र प्रमुख
टेकबहादुर चन्द/टिकाराम सिं ठकुरी ः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
डम्बरबहादुर बुढा/खिस्त्री पुन ः मंगोल नेशनल अर्गनाईजेसन
धिरेन्द्रबहादुर बटाला/कमला थापा ः नेपाली काग्रेस
भगवति शाही/हरिप्रसाद शर्मा ः नेकपा एकिकृत समाजवादी
रवी केसी/धनकुमारी शाही ः नेकपा माओवादी केन्द्र
चौरजहारी नगरपालिका ः प्रमुख/उपप्रमुख
कालीबहादुर खत्री/पार्वती कार्की ः राष्ट्रिय प्रजातन्त्र पार्टी
डण्डी कार्की/टंकप्रसाद ओली ः नेकपा एमाले
पुष्प बादी/इश्वरीकुमारी शर्मा (विएम) ः नेकपा माओवादी केन्द्र
पुस्तक चन्द/शुसिला गिरी ः नेकपा एकिकृत समाजवादी
प्रशाराम खत्री / जनता समाजवादी पार्टी
प्रेमबहादुर ओली/दिपा डाँडी खड्का ः नेपाली काग्रेस
अतिराम ओली / स्वतन्त्र उपप्रमुख
त्रिबेणी गाउँपालिका ः अध्यक्ष/उपाध्यक्ष
अमरसिं खड्का/सृष्ठी बाँठामगर ः नेपाली काग्रेस
गणेशकुमार केसी/राजकुमारी रेउले ः नेकपा माओवादी केन्द्र
चोपलाल खड्का/धनकला विष्ट ः नेकपा एमाले
देविलाल खड्का / राष्ट्रिय प्रजातन्त्र पार्टी
धनराज खड्का /नेकपा एकिकृत समाजवादी
डिल्लीबहादुर ओली ः स्वतन्त्र उपाध्यक्ष
बाँफिकोट गाउँपालिका ः अध्यक्ष/उपाध्यक्ष
कलबहादुर नाथ ः नेकपा माले
खम्बु खत्री/मिना कुमारी मल्लः राप्रपा
गणेशबहादुर केसी/खिमा डाँगी खत्री ः नेकपा एमाले
चन्द्रबहादुर केसी/तारा बुढा केसीः नेकपा माओवादी केन्द्र
जनककुमार बाँठामगर/नन्दकुमारी केसी नाथ ः नेपाली काग्रेस
तुले खत्री ः राष्ट्रिय जनमोर्चा
सिताराम देवकोटा/राजकुमारी राणा ः नेकपा एकिकृत समाजवादी
धिरेन्द्रकुमार शाही ः स्वतन्त्र अध्यक्ष
मुसीकोट नगरपालिका ः प्रमुख/उपप्रमुख
अञ्जना चन्द/थलबहादुर ओली ः नेकपा एमाले
नविन मल्ल/सृजना केसी खड्का ः राप्रपा
प्रेमबहादुर बोहरा ः जनता समाजवादी पार्टी
बसन्तकुमार शर्मा ः नेकपा माओवादी केन्द्र
महेन्द्र केसी/निर्मल गिरी ः नेपाली काग्रेस
सत्यनारायण श्रेष्ठ ः राष्ट्रिय जनमोर्चा
विरवल केसी ः प्रमुख स्वतन्त्र
बिमलकुमार पुन ः उपप्रमुख, नेकपा एकिकृत समाजवादी
सानीभेरी गाउँपालिका ः अध्यक्ष/उपाध्यक्ष
गोरखप्रसाद चन्द ः नेपाली काग्रेस
टंकबहादुर घर्ती ः राप्रपा
मिमकुमार ओली ः जनता समाजवादी पार्टी
विर्खबहादुर विष्ट/कमला रोका पुन ः नेकपा माओवादी केन्द्र
सन्तोष खड्का/कविता खड्का ओली ः नेकपा एकिकृत समाजवादी
प्रकाश खड्का ः उपाध्यक्ष नेकपा एमाले
