• नयाँ संविधान पश्चात देशमा तीन तहका सरकारहरु बने । विशेषतः स्थानीय तह बनेपछि राजधानी काठमाण्डौमा रहेको देशकै प्रशासनिक भवन सिंहदरबार गाउँगाउँमा आएको परिभाषित गरियो । स्थानीय सरकार र जनप्रतिनिधीहरु निर्वाचन भएको करिब ५ वर्ष पुग्दै लाग्दा स्थानीय सरकारले गरेका कामकाजको जनस्तरबाट समेत समिक्षा भैरहेको छ । रुकुम पूर्वको भूमे गाउँपालिकाले भने एक सार्वजनिक कार्यक्रमका बिच जनप्रतिनिधी निर्वाचित भएको ५ बर्ष बर्षको कार्यकालमा भएगरेको प्रगति सरोकारवाला बिच सार्वजनिक गरेको छ ।

भूमे गाउँपालिका रुकुम पूर्वले पत्रकार, राजनैतिक दल तथा सरोकारवाला निकायहरुलाई भेला गरेर स्थानीय सरकारले अहिलेसम्म सम्पादन गरेका कार्य प्रगतिको सार्वजनिक गरिएको हो । प्रगति सार्वजनिक कार्यक्रममा स्थानीय तहमा जनप्रतिनिधी निर्वाचन भएपछि भएगरेका कामहरु, गाउँपालिकाका दीर्घकालिन सोच र रणनीतिहरु, न्यायिक समितिले सम्पादन गरेका कार्यहरु र सार्वजनिक सेवा प्रवाहको अवस्था लगायतका विषयमा विस्तृत विवरण प्रस्तुत गरिएको हो । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, सरसफाई, सञ्चार, यातायात तथा पूर्वाधारको क्षेत्रमा उल्लेख्य कामहरु गरेको बताएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको गत आर्थिक वर्षको कार्य सम्पादन मूल्याङ्कनमा पनि भूमे गाउँपालिका जिल्लाका अन्य स्थानीय तहभन्दा अगाडि छ । गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि प्रविधिसंग जोडेर काम गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताए । गाउँपालिकाले सुरुमा तीन लक्ष निर्धारण गरेको थियो । जसमा आर्थिक विकासलाइ पहिलो, सामाजिक विकासलाई दोस्रो र पूर्वाधार तथा अन्तरसम्बन्धित क्षेत्रको विकासलाई तेस्रो प्राथमिकताको आधारमा काम गरिएको छ । गाउँपालिकाले एकीकृत गुरुयोजना निर्माण गरेर कामलाई अघि बढाएको थियो ।

election adv.

भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले सडक पूर्वधार लगायतका क्षेत्रमा जनताको माग अनुसार नै गाउँपालिकाले योजना र कार्यक्रम सञ्चालन गरेको बताए । गाउँपालिकाको विकास र समृद्धिको लागि राम्रो जग हालिएको कारण आगामी निर्वाचनबाट आउने जनप्रतिनिधीहरुलाई लक्ष्य पुरा गर्न सहजता हुने उनको भनाई छ । गाउँपालिकामा हालसम्म एउटा पनि उजुरी नपरेको बताएको छ । गाउँपालिका कार्यान्वयनमा आएको ५ वर्ष सम्म सर्वसाधारण नागरिक, सरोकारवाला, राजनीतिक दलले अख्तियार दुरुपयोग अनुसन्धान, हेलो सरकार, सतर्कता केन्द्र, संघ, प्रदेश मन्त्रालय, विभाग र अन्य निकाय कुनैमा पनि उजुरी परेको छैन ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामसुर बुढामगरबाट ब्यक्त भनाई सुन्न तलको युट्युल लिंकमा क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto