रुकम पश्चिमको रेडियो मौराखारा एफएम तेस्रो वर्षमा प्रवेश गरेको छ । रेडियोले २०७६ माघ २५ गते जिल्लाको सानीभेरी गाउँपालिका स्थित सिम्लीबाट आफ्नो प्रसारण शुरु गरेको थियो । रेडियो सानीभेरी सामुदायिक विकास केन्द्रद्वारा संचालित रहेको छ ।

रेडियो मौराखारा एफ एम को दोस्रो वार्षिक उत्सबका अवसरमा रेडियोका स्टेशन प्रमुख नारायण ओलीद्वारा एक प्रेस विज्ञप्ती तथा शुभकामना सन्देश जारी गरिएको छ । शुभकामना सन्देशमा रेडियोले खेलेको भूमिका तथा रेडियोलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई धन्यबाद सहितको शुभकामना व्यक्त गरिएको छ ।

त्यस्तै आफ्नो प्रशारण यात्रामा रेडियाले यस क्षेत्रको शिक्षा, सूचना, मनोरञ्जन र विकासका लागि योगदान गरेको उल्लेख गरेको छ । कोभिडको तेस्रो भेरिएन्ट तथा अन्य कारणले रेडियोले वार्षिक उत्सबका अवसरमा प्रत्यक्षा कुनै कार्यक्रमको आयोजना भने नगरिएको रेडियो संचालक संस्थाले बताएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto