देशलाई कुर्सी बनाएर शासन हाक्नेहरु हो
सत्ताको लोभमा गुटको बैठक राख्नेहरु हो
याद गर जनताले हिसाबकिताब गरेका छन्
महामारीपनि सत्ताको स्वाद चाख्नेहरु हो ।
कोही छैन राष्ट्रपिता मेरो देश ढल्दै गयो
स्वार्थको सत्ताले बिना आगो जल्दै गयो ।
कोहि छैन मुक्तिको लागि देशको लागि यहाँ
फोहोरीखेल राजनीतिले भित्र भित्रै गल्दै गयो ।
बोलाउदा र पत्र पठाउदा बेवास्ता गर्नेहरुलाइ ।
भेट्न् भनेर बाचा दिइएको भाका सार्नेहरुलाइ ।
अरे हिड्ने बाटो फरक होला तर धर्ती यौटैनै हो !
बदला लिनुनै छ म संग अहिले कुरा टार्नेहरुलाइ ।
आफै सङै राख घमण्ड, जोरि खोज्नु छैन मलाइ
बिशालु त्यो सम्बन्धलाई जोडि राख्नु छैन मलाइ ।
मेरो संघर्स र सफलतामा डाहा गर्छौ किन तिमि ?
आकास पाताल फरक बनौ, क्षितिज बन्नु छैन मलाइ ।
अन्तिम चेतावनी सरकार ढाल्नेहरुको लागि
जनताको अमुल्य मत खेर फाल्नेहरुको लागि
अब जनताले नै हिसाब किताब गर्नुपर्छ
असंवैधानिक कदम चाल्नेहरुको लागि ।
बर्षा याममा पनि रङ बसन्त छ ,
दुरि छ तर पनि प्यार् अनन्त छ ।
बाधा अडचन आउन, सबै सहुला म
सुर्य चन्द्र रहुन्जेल प्यार् जीवन्त छ ।
देखासिखीको फेसबुके राजनितीमा किन लाग्छौ तिमी
विकास बहस गरौं मेरो नजिक आउ किन भाग्छौ तिमी
तिम्रो साँघुरो सोच, अनि किरा परेको बौद्धिकता बाट
नैतिकताको राजनीतिमा कहिले जाग्छौ तिमि
