रुकुम पश्चिममा स्थापित एक शैक्षिक अक्षयकोषबाट छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । बालकल्यान माद्यामिक विद्यालय सोलाबाङका ५० जना विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्री प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ ।
विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय कलु खड्का र उनकी पत्नी स्वर्गीय कलशी खड्को सम्झनामा उनका जेठा छोरा तारा बहादुर खड्काले १ लाख ११ हजार १ सय ११ रुपैयाँको कलु कलशी शैक्षिक अक्षयकोष स्थापना गर्नुभएको थियो । उक्त कोषबाट जम्मा भएको ब्याज रकम २२ हजार ५ सय रुपैयाँ असहाय, टुहुरा बालबालिका साथै एसइइ र कक्षा आठको नगर स्तरिय परिक्षामा प्रथम स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई विहिबार एक कार्यक्रमका बिच शैक्षिक सामग्री वितरण गरिएको हो ।
२०७५ सालमा स्थापना गरिएको यस अक्षयकोषबाट विपन्न र जेहेन्दार बालबालिकालाई थोरै भएपनि शैक्षिक सामग्रीमा राहत सगै प्रोत्साहन पनि भएको विद्यालयले बताएको छ ।
