रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आमा समुहका लागी मौसमी तथा बेमौसमी तरकारी खेती र पशुपालन सम्बन्धि तालिम सुरु भएको छ । मानव विकास तथा सामुदायिक सेवा अन्तरगत सरसफाइ तथा जिबिकोपार्जन प्रवद्र्धन परियोजनाको आयोजना र चौरजहारी नगरपालिका वडा नम्वर ७ र सिबिआरको समन्वयमा जीविको पार्जनका लागी तालिम सुरु भएको हो ।
नगरपालिकाको वडा नम्वर ७ मा वसोवास गर्ने आमा समुह स्वास्थ्य आमा र अपांगता भएका परिवारहरुका लागी आधारभुत तहको ३ दिने तालिम सुरु भएको आयोजकले वताएको छ । समुहमा आवद्ध सदस्यहरुलाई लक्षित गरी तालिम संचालन गरिएको हो ।
तालिम उदघाटन समारोहमा वोल्दै अतिथिहरुले नगरपालिकाले लिएको आत्मनिर्भर एकतावद्ध र समृद्ध नगरको निर्माण, चौरजहारी नगरवासीको पहिचान भन्ने मुलनाराको मर्म अनुरुप तालिमले सार्थकता दिने बताएका थिए । परियोजना अधिकृत आशिष आचार्यले कार्यक्रमको उदेश्य र यस्लाई दिगो रुपमा सञ्चालनमा राखने कुरामा आफू बिस्वस्त रहेको आचार्यले बताए । शिक्षा, स्वास्थ्य, सरसफाई र व्यवसाय संग समुदायलाई जोडि नगरले लिएको लक्ष्य हासिल गर्न आयोजकले खेलेको भुमिका प्रति प्रसंसा गर्दै अतिथीहरुले आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यक्रम लाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा चौरजहारी नगरपालिका पशु सेवा कार्यालयका प्रमुख एवम प्रशिक्षक गणेश वुढा आयोजकको तर्फ वाट परियोजना अधिकृत आशिष आचार्य, कृषिजेटिए बिक्रम बुढामगर र पत्रकार महासंघ रुकुमका उपाध्यक्ष गोपाल रेग्मी लगाएतका अतिथीहरुको सहभागीता रहेको थियो ।
तालिममा ८० जना सहभागीता रहेको आशा बालबिकास सेवा सिबिआर सहजकर्ता सन्देश जैसिले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto