अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले आफ्नो दोस्रो प्रकाशनका रुपमा वरिष्ठ माक्र्सवादी लेखक तथा नेता हस्तबहादुर केसी संकलक र सम्पादक रहेको माओ त्सेतुङका प्रमुख लेखहरु नामक पुस्तक प्रकाशनमा ल्याएको छ । केन्द्रको पहिलो प्रकाशनको रुपमा लेखक केसीद्वारा लिखित माक्र्सवाद ः विकासको इतिहास नामक पुस्तक यसभन्दा पहिले नै प्रकाशित भएको थियो ।

दुई खण्डमा विभक्त गरिएको यो संकलन खण्ड एक मा संकलक/सम्पादक केसीले अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता तथा चिनिया कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओ त्सेतुङको संक्षिप्त जीवनी सहित प्रमुख लेखहरु पुस्तक पूजाको विरोध गर, व्यवहारवारे, अन्तर्विरोधबारे र नयाँ जनवाद लगायतका २३ वटा लेखहरु समावेश गरिएको छ ।

साथै खण्ड दुई मा माओ त्सेतुङका केही महत्वपूर्ण भनाईहरु समावेश गरिएको छ र त्यसमा दर्शनको विषयमा र राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद र अन्य विषयहरु समेटिएको छ । विभिन्न समयमा लेखिएका कमरेड माओ त्सेतुङका दर्शन, सिध्दान्त एवं व्यवहारका बारेमा सिर्जना गरिएका महत्वपूर्ण लेखहरुलाई संकलन र सम्पादन गरेर केसीले आम पाठक र अध्येताहरुलाई निकै सजिलो बनाएका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto