रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्रजित रावल शैक्षिक अक्षय कोष स्थापना गरिएको छ । लामो समयसम्म शिक्षण पेशामा रहेका स्वर्गीय रावलको सम्झनामा विद्यालयमा ५१ हजार ५ सय ५ रुपैयाँको अक्षय कोष स्थापना गरिएको हो । उक्त कोषबाट प्राप्त हुने ब्याज रकमले गरिव, जेहेन्दार र अनुशाशित विद्यालयका विद्यार्थीलाई शैक्षिक सुधारका लागि शैक्षिक सामग्री लगायत आवश्यक सहयोग प्रदान गरिने लक्ष्य राखिएको विद्यालयका शिक्षक टिकाराम बिष्टले जानकारी दिए ।
विद्यालयमा आयोजित एक कार्यक्रमका विच रावलकी श्रीमती लक्ष्मी रावलले विद्यालयका प्रधानाध्यापक खम्बु सिं थापालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिन । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर थापा र स्थानीय समाजसेवी तथा सरस्वती माविका संस्थापक सदस्य सार्के वुढाथोकीले अक्षय कोष खडा गर्ने रावलको परिवारप्रति आभार व्यक्त गरे ।
