नन्दराम ओली

सिम्ली

कर्णाली प्रदेश सांसद तथा पूर्व मन्त्री बिमला केसीले अबको यात्रा आर्थिक क्रान्तिका निम्ति निर्यातमुखी उत्पादन गरि रोजगारिको सिर्जना हुनुपर्ने अपरिहार्यता रहेको बताएकी छिन । शनिबार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सानीभेरी गाउपालिका वडा नं. ९ को दोस्रो वडा सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै केसिले यस्तो वताएकी हुन ।
जसका निम्ति वस्तु आयातलाई प्रतिस्थापन गर्दै निर्यातमुखी कृषि उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । गाउँमा भएका बेरोजगार युवाको सूची तयार गरि स्थान विषेशको उत्पादनलाई जोड दिदै उद्योगहरुको स्थापना गरि देशमै रोजगारीको सिर्जना गर्न सकिने उनको भनाई छ ।
देश विकासमा युवाको भुमिका अपरिहार्यता रहेकोमा जोड दिदै उनले भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणको निम्ति राम्रो कामको सम्मान र नराम्रो कामलाइ तिरस्कृत गर्न जुझारु रूपमा युवा पंतिहरु लाग्नुपर्नेमा बताईन।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto