नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिम अन्र्तगत मुसिकोट नगरपालिका वडा नम्बर १३ को वडा अध्यक्षमा खलबहादुर खड्का सर्वसम्मत निर्वाचित भएका छन ।
शनिबार सम्पन्न दोस्रो वडा सम्मेलनबाट खड्काको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि निर्वाचित भएको हो । वडा कमिटिको उपाध्यक्षमा डिल्ली बहादुर रोका, सचिवमा चन्द्र बहादुर कामी, सह–सचिवमा भिमान्त रोका र कोषाध्यक्षमा ललिता सिर्पाली रहेका छन । यस्तै वडा सम्मेलनबाट २२ जना प्रतिनिधि चयन गरिएको छ । वडा सम्मेलनमा प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य गोबिन्द रोका (सचिन), नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटि सदस्य मिलन खड्का, मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसी लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto