प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको अध्यक्षमा हरि गौतम चयन भएका छन । शनिबार मुसिकोटमा सम्पन्न प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको पाँचौं जिल्ला अधिवेशनबाट गौतमको अध्यक्षतामा पछि एक जना थप्ने गरि २१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

जसको उपाध्यक्षमा देवकुमार ओली र सिजन बाँठा, सचिवमा नारायण ओली, सहसचिवमा मनिष खड्का, डिल्लीराज बिश्वकर्मा र कोषाध्यक्ष सन्देश जैसी रहेका छन । सदस्यहरुमा डिल्ली बहादुर खत्री, नन्दराम ओली, मोहन वि.सी., पवित्रा खड्का, ज्ञानी खड्का विष्ट, प्रकाश गौतम र चन्द्रप्रकाश नेपाली रहेका छन । त्यस्तै ६ स्थानीय शाखाका अध्यक्षहरुलाई जिल्ला समन्वय समितिमा पदेन सदस्यको रुपमा राखिएको छ । जसमा दिपेन्द्र महतारा, तिलक ओली, सत्य बटाला, प्रचण्ड खत्री, कुवेर ओली र छविलाल विष्ट रहेका छन । त्यस्तै संगठनको राष्ट्रिय महाधिबेशन तथा प्रदेश अधिबेशनका लागि पनि प्रतिनिधीहरु छनौट गरिएको छ ।

प्रेस सेन्टर नेपालका राष्ट्रिय महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला सम्मेलन आयोजक समिति रुकुम पश्चिमका संयोजक मेगराज खड्काको अध्यक्षतामा र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्त शर्माको प्रमुख आथित्यतामा शनिबार प्रेस सेन्टरको अधिवेशन भएको थियो ।

अधिवेशनको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य सचिन रोका, पूर्व मन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य बिमला केसी, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य महेन्द्र केसी, प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य लक्ष्मी पुनको विशेष आतिथ्यता रहेको थियो । अधिवेशनको बन्द सत्रमा आयोजक समितिका संयोजक मेगराज खड्काद्धारा प्रस्तुत सांगठानिक, राजनैतिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto