नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा पालिका स्थानीय सम्मेलनहरु भैरहेका छन । जस अनुसार बाँफिकोट गाउँपालिका समिति रुकुम पश्चिमको प्रथम अधिबेशन सम्पन्न भएको छ ।

अन्य पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन भएपनि बाँफिकोटमा भने नयाँ नेतृत्व चयन गर्न मतदान नै भएको छ । सर्वसम्मत नेतृत्व चयन नभएपछि नेतृत्वको लागि मतदान भएको हो । मतदानबाट शशिराम विकको अध्यक्षतामा ३३ सदस्यीय गाउँपालिका समिति चयन भएको छ । उपाध्यक्षमा हर्कबहादुर नेपाली, सचिवमा भरत विक, सह सचिवमा टेकराज रसाइली र कोषाध्यक्षमा जुना विक निर्वाचित भएका छन । अध्यक्षमा हरि विक पराजित भएका छन् । सहमतिबाट नेतृत्व सम्भव नभएपछि कुनै नेताको इच्छा वा तोकआदेशबाट नभएर लोकतान्त्रिक प्रणालीबाट नेतृत्व छनोट गर्न निवार्चन गर्नुपरेको मोर्चाका नेता गणेश शिर्पालीले जानकारी दिए । त्यस्तै नेपाल दलित मुक्ति मोर्चा मुसीकोट नगरकमिटिमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ ।

मुसिकोटमा आईतवार सम्पन्न सम्मेलनबाट शुशिल विकको अध्यक्षतामा ३५ सदस्यीय नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा दिलबहादुर सार्की, सचिवमा निर्मला विक, सह सचिवमा चन्द्रप्रकाश विक र कोषाध्यक्षमा चन्द्र विक चयन भएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto