पत्रकार लक्ष्मी पुनलाई ’प्रेम–समर साहसिक पत्रकारिता पुरस्कार २०७८’ प्रदान गरिएको छ । प्रेस सेन्टर रुकुम पश्चिमले स्थापना गरेको प्रेम–समर साहसिक पत्रकारिता पुरस्कार शनिबार प्रदान गरिएको हो ।
प्रेस सेन्टर रुकुम पश्चिमको पाचौ अधिवेशनको अवसर पारेर पत्रकार पुनलाई उक्त पुरस्कार दिईएको प्रेस सेन्टर नेपाल जिल्ला सम्मेलन आयोजक समिति रुकुम पश्चिमका संयोजक मेगराज खड्काले बताए । पुरस्कारको राशि पाँच हजार रहेको छ । महान् जनयुद्ध सँगै गणतन्त्र स्थापना, विभिन्न रुपान्तरणकारी आन्दोलन र अभियानमा जनपक्षिय पत्रकारिताको माध्यामबाट योगदान दिएकोले उहाँको योगदानको उच्च कदर गर्दै उक्त पुरस्कार पत्रकार पुनलाई दिइएको संयोजक खड्काले जनाए । त्यस्तै अधिबेशनकै अवसरमा प्रेस सेन्टर रुकुम पश्चिमले तीन जना पत्रकारलाई पनि सम्मान गरेको छ । प्रेस सेन्टर रुकुमका पूर्व अध्यक्षहरु धु्रवबिक्रम बुढाथोकी, कमला रोका र बिरबहादुर मल्ललाई सम्मान गरिएको हो । आफ्नो कार्यकाल देखि हाल सम्म सस्थागत रुपमा पुया¥उनु भएको योगदानको कदर गर्दै उहाँहरुलाई प्रेस सेन्टर रुकुम पश्चिमको पाचौ अधिवेशनको अवसरमा सम्मान गरिएको संयोजक मेगराज खड्काको भनाई छ ।