विदेशबाट फर्किएर गाउँमै व्यवसाय

Byआहा सञ्चार

२०७८ कार्तिक १०, बुधबार ०९:०४

रुकुम पश्चिमका एक युवा विदेशबाट फर्किएर व्यावसायिक कृषिमा जुटेका छन् । खाडी देशहरुमा १२ वर्ष बिताउँदा आर्थिक स्तर खासै बढ्न नसकेपछि उनी स्वदेश फर्किएरव्यावसायिक कृषिमा जुटेका हुन् ।

उनी हुन् रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका गणेश खड्का । उनले करिब १२ वर्ष खाडी देशमै बिताए । खाडीमा कमाएको पैसा घर खर्चमा ठिक्क हुने भएपछि उनी आफ्नै देशमा केही गर्ने सोचका साथ स्वदेश फर्र्किए । २०७४ सालमा शारदा सिस्ने जलजला कृषि कम्पनी प्रालि नामको फर्म दर्ता गरेर व्यावसायिक कृषिमा जुटे । सानो लगानीमा कालिजपालन र तरकारीखेतीबाट व्यवसाय सुरु गरेका उनले अहिले १२ रोपनीमा ५५ लाख लगानी गरेर कालिज, बट्टाई, लोकल कुखुरा, बाख्रापालन र तरकारीखेती गरिरहेका छन् । व्यवसाय सञ्चालनका लागि उनले विभिन्न कार्यालयबाट अनुदानसमेत पाएका छन् ।

तर,अनुदानबाट उनी खासै सन्तुष्ट छैनन् । किसानलाई अनुदानभन्दा सहुलियतपूर्ण ऋण सुविधा र बजारीकरण हुन सके हौसला मिल्ने उनी बताउँछन् । जिल्लाका स्थातीय तहले नीति तथा कार्यक्रममा कृषिलाई प्राथामिकतामा राखेको बताउँछन् । मुसिकोट नगरपालिकाका कृषि विकास अधिकृत प्रेमबहादुर खत्रीका अनुसार युवा उद्यमीहरुलाई सम्मान र प्रोत्साहन गर्ने खालका बिभिन्न कार्यक्रमहरु संचालन भएका छन ।
क्रमस सबै कृषिलाई समेटेर लैजाने कार्यालयको नीति रहेको उनको भनाई छ । मुसिकोटका गणेश जस्ता युवा धेरै छन्, जो स्वदेशमै केही गर्न चाहन्छन् । तिनका लागि राज्यले प्रोत्साहन गर्नु त छँदै छ, उत्पादित कृषिउपजको सहज बजारीकरणमा पनि ध्यान दिन जरुरी छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto