रुकुम पश्चिमको चौरजहारि नगरपालिकामा शुक्रवारदेखी विपन्न परिवारलाई खाद्यान्न वितरण शुरु गरिएको छ । मानव विकास तथा सामुदायिक सेवा अन्तरगत आशा बाल विकास सेवा सिबिआरको आर्थिक सहयोग र चौरजहारी नगरपालिकाको समन्वयमा खाद्यान्न वितरण कार्य गरिएको हो ।

तिहारलाई लक्षित गरि चौरजहारी नगरपालिका भित्रका १४ वटा वडामा बसोबास गर्ने अपाङ्गता भएका ब्यक्ति र दैनिक ज्याला मजदुरी गर्ने विपन्न घरपरिवारहरुलाई खाद्यान्न वितरण गरिएको हो । नगर भित्रका १ सय ३० घरपरिवारलाई बितरण गर्ने लक्ष राखिएको सिबिआर सहजकर्ता सन्देश जैसीले जानकारी दिए । उक्त कार्यक्रममा चामल, दाल, नुन, चिनी तेल र चियपत्ती लगायतका खाद्य सामाग्री बितरण गरिएको छ । त्यस्तै स्वास्थ्य र सरसफाइ सामग्री अन्तरगत साबुन, मन्जन, ब्रस , नङकट लगायतका सामग्रीहरु पनि वितरण गरिएको छ । शुक्रबार ८५ घर परिवारलाई वितरण गरिएको छ भने बाँकीलाई सोमबार सम्म बितरण गर्ने बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto