प्रेस सेन्टर नेपाल रुकुम रुकुम पश्चिमको आईतबार सदरमुकाम खलंगामा जिल्ला समिति बैठक बसेको छ । बैठकले कार्तिक दोस्रो साता भित्रै जिल्ला सम्मेलन गर्ने निर्णय पनि गरेको छ । मिति भने जिल्ला समितिको कार्यालय टिमले तोक्नेछ । बैठकले प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका अध्यक्ष मेगराज खड्काको संयोजगत्वमा जिल्ला सम्मेलन आयोजक समिति गठन समेत गरेको छ ।
जसको सदस्यहरुमा हरी गौतम, गणेश शिर्पाली, देवकुमार ओली, नारायण ओली, मनिष खड्का, मोहन विसी, डिल्लीबहादुर खत्री, मानबहादुर बटाला, प्रमिला बुढा, सत्यबहादुर खत्री र नन्दराम ओली रहेका छन । त्यस्तै गोपाल सिंह खड्का, पवित्रा खड्का, ज्ञानु गौतम, बसन्त बाँठामगर, सत्यबहादुर बटाला, डिल्लीराज विश्वकर्मा, दिपेन्द्र महतरा, केशर पुन, विबेक खत्री, प्रचण्ड खत्री, तुलसा रोका, सिजन बाँठा, बलबहादुर खत्री, तिलक ओली र ज्ञानी खड्का विष्ट रहेका छन । जिल्ला सम्मेलन तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका संयोजक मेगराज खड्काको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य महेन्द्र केसी पारसमणी, प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिका इन्चार्ज धु्रब विक्रम बुढाथोकी लगायतको सहभागीता रहेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु
try